Pulchowk, Lalitpur, Nepal
ऊर्जा अध्ययन केन्द्र (CES), इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयको कार्यान्वयनमा रहेको “Cost-Benefit Analysis of Demonstrated Solutions, Policy Development, and Capacity Building for Heat-Resilient Urban Planning and Implementation in Dhangadhi Sub-Metropolitan City” परियोजनाका लागि देहायबमोजिम ३ (तीन) जना Research Assistant आवश्यक भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
|
क्र.सं. |
पद |
न्यूनतम योग्यता/मुख्य क्षेत्र |
|
१ |
Research Assistant – Building Science, Thermal Performance & GIS |
Architecture/Civil/Building Engineering/Urban Planning मा स्नातक; Building Science/Thermal Performance तथा GIS सम्बन्धी ज्ञान। |
|
२ |
Research Assistant – Mechanical/Energy Systems, Modeling & Economics |
Mechanical/Energy Engineering मा स्नातक; Energy Systems, Modeling तथा Energy Economics सम्बन्धी ज्ञान। |
|
३ |
Research Assistant – Policy and Building Guidelines Preparation |
Civil/Building Engineering मा स्नातक; Policy/Guideline preparation, research, writing तथा GIS सम्बन्धी ज्ञान। |
कार्य अवधि: अगस्ट २०२६ देखि मार्च २०२७ सम्म (करिब ८–९ महिना), पूर्णकालीन।
स्थान: काठमाडौंमा आधारित; परियोजनाको आवश्यकताअनुसार धनगढी उप-महानगरपालिकामा field visit तथा सम्बन्धित कार्य गर्नुपर्नेछ।
प्राथमिकता: सम्बन्धित विषयमा स्नातकोत्तर तहको अध्ययन/उपाधि तथा सम्बन्धित कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
आवश्यक कागजात: आवेदनपत्र, अद्यावधिक CV, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।
आवेदनको अन्तिम मिति: 2026/08/04
आवेदन पेश गर्ने स्थान/माध्यम: ऊर्जा अध्ययन केन्द्र (CES), इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, पुल्चोक, ललितपुर / इमेल: ces@ioe.edu.np
नोट: विस्तृत कार्यविवरण (ToR) यस सूचनासँग संलग्न गरिएको छ। परियोजनाको आवश्यकता अनुसार सम्बन्धित कार्यक्षेत्रमा यात्रा तथा field-based कार्य गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।